तिम्रो परी छ कि छैन ?

















दिनरात तिम्रो बारेमा कविता लेख्ने म
आज म आफ्नो बारे लेख्दैछु र भर्दैछु त्यसलाई चुम्बकले जसले तानोस् तिम्रो मुटुलाई जुन भन्छौ अहिले फलामको भएको छ।
मेरो बारेमा थाहा नभएको त के छ र तिमीलाई? कुनै शब्दले भनिसकें, कुनै कवितामा भरेर दिइसकेँ, र जुन छुटेका थिए, त्यो तिमीले आँखामा हेरेर पढिसक्यौ। आफ्नो बखान कुन शब्दले गरुँ र? म भन्दा बढी त तिमी गर्थ्यौ।
स्वर्गबाट तिम्रै लागि मात्र पठाएको परी, जसको एक मुस्कानले मन्त्र मुग्ध भएको थियौ, जसले प्रेमको क ख नबुझेकोलाई पूरा परिभाषा सिकायो जो तिम्रो अँध्यारोमा उज्यालो भर्थ्यो आदि इत्यादि।
तर अहिले भन्छौ कि परिभाषा भुल्यौ रे, अनि साथै सबै स्मृति जसले तिमी र म लाई हामी बनाउँथ्यो अनि सोध्छौ त्यो आकाशकी परी कुन्नि कता झरी खोज्छु म वरिपरि, तर देख्दिन म कुन्नि कसरी।
अनि म उत्तर दिन्छु, त्यो परी को जादुको छडी, त गएको छ आजकल उसलाई छोडी, अनि एसो पछाडि हेर्दा त गइसकेछ उसको पखेटा पनि उडी, त्यसैले होला सात समुन्द्र पारि तिमीलाई माया पठाउन सकेको छैन, अनि त जाँदैछ तिम्रो मन पनि टाढिई।
तर अझै पनि आशा गर्छु, फर्किनेछौ यी शब्दको मायाजालमा परि, आफ्नो परी कहाँ, किनकि अब शब्द बाहेक केही छैन दिनलाई मसंग।
Prompt: दिन ५, एप्रिल ५ कसैलाई आकर्षित गराउने कविता लेख्नुहोस। तर अरू कसैको बारेमा लेखेर हैन, आफ्नै बारेमा लेखेर। जसरी कुनै धुन ले कान लाई आफ्नो माधुर्यतामा डुबाएर आकर्षित गराउँछ। जसरी मयुरले आफ्नो मजुर फिजाएर आकर्षित गराउँछ। आफ्नो मजुर आफ्नै कवितामा फिजाउँनुहोस्।  



Comments

Popular posts from this blog

A Tale of Long Distance Relationship

Depression: Synonym of your shadow

Disguised hate