तिम्रो परी छ कि छैन ?
दिनरात तिम्रो बारेमा कविता लेख्ने म आज म आफ्नो बारे लेख्दैछु र भर्दैछु त्यसलाई चुम्बकले जसले तानोस् तिम्रो मुटुलाई जुन भन्छौ अहिले फलामको भएको छ। मेरो बारेमा थाहा नभएको त के छ र तिमीलाई? कुनै शब्दले भनिसकें, कुनै कवितामा भरेर दिइसकेँ, र जुन छुटेका थिए, त्यो तिमीले आँखामा हेरेर पढिसक्यौ। आफ्नो बखान कुन शब्दले गरुँ र? म भन्दा बढी त तिमी गर्थ्यौ। स्वर्गबाट तिम्रै लागि मात्र पठाएको परी, जसको एक मुस्कानले मन्त्र मुग्ध भएको थियौ, जसले प्रेमको क ख नबुझेकोलाई पूरा परिभाषा सिकायो जो तिम्रो अँध्यारोमा उज्यालो भर्थ्यो आदि इत्यादि। तर अहिले भन्छौ कि परिभाषा भुल्यौ रे, अनि साथै सबै स्मृति जसले तिमी र म लाई हामी बनाउँथ्यो अनि सोध्छौ त्यो आकाशकी परी कुन्नि कता झरी खोज्छु म वरिपरि, तर देख्दिन म कुन्नि कसरी। अनि म उत्तर दिन्छु, त्यो परी को जादुको छडी, त गएको छ आजकल उसलाई छोडी, अनि एसो पछाडि हेर्दा त गइसकेछ उसको पखेटा पनि उडी, त्यसैले होला सात समुन्द्र पारि तिमीलाई माया पठाउन सकेको छैन, अनि त जाँदैछ तिम्रो मन पनि टाढिई। तर अझै पनि आशा गर्छु, फर्किनेछौ यी शब...