Posts

Showing posts with the label nepali poem

तिम्रो परी छ कि छैन ?

Image
दिनरात तिम्रो बारेमा कविता लेख्ने म आज म आफ्नो बारे लेख्दैछु र भर्दैछु त्यसलाई चुम्बकले जसले तानोस् तिम्रो मुटुलाई जुन भन्छौ अहिले फलामको भएको छ। मेरो बारेमा थाहा नभएको त के छ र तिमीलाई? कुनै शब्दले भनिसकें, कुनै कवितामा भरेर दिइसकेँ, र जुन छुटेका थिए, त्यो तिमीले आँखामा हेरेर पढिसक्यौ। आफ्नो बखान कुन शब्दले गरुँ र? म भन्दा बढी त तिमी गर्थ्यौ। स्वर्गबाट तिम्रै लागि मात्र पठाएको परी, जसको एक मुस्कानले मन्त्र मुग्ध भएको थियौ, जसले प्रेमको क ख नबुझेकोलाई पूरा परिभाषा सिकायो जो तिम्रो अँध्यारोमा उज्यालो भर्थ्यो आदि इत्यादि। तर अहिले भन्छौ कि परिभाषा भुल्यौ रे, अनि साथै सबै स्मृति जसले तिमी र म लाई हामी बनाउँथ्यो अनि सोध्छौ त्यो आकाशकी परी कुन्नि कता झरी खोज्छु म वरिपरि, तर देख्दिन म कुन्नि कसरी। अनि म उत्तर दिन्छु, त्यो परी को जादुको छडी, त गएको छ आजकल उसलाई छोडी, अनि एसो पछाडि हेर्दा त गइसकेछ उसको पखेटा पनि उडी, त्यसैले होला सात समुन्द्र पारि तिमीलाई माया पठाउन सकेको छैन, अनि त जाँदैछ तिम्रो मन पनि टाढिई। तर अझै पनि आशा गर्छु, फर्किनेछौ यी शब...

काठमाडौँ - मेरो पहिलो प्रेम

Image
काठमाडौ, म जन्मेको सहर, जसको मुटुको ढुकढुकी म मेरो मुटुमा सुन्छु, त्यो उस्तै छैन आजकल, अनि म गुनासो गर्छु, के भयो मेरो काठमाडौ लाई । काठमाडौं मेरो पहिलो माया, त्यो पहिलो माया जुन कसैले मुटु बाट मेट्न सक्दैन, जुन कयौं प्रेम पछि पनि मन मस्तिष्क को सम्झनामा बाँचिरहन्छ, जुन आफ्नो नाम याद नहुँदा समेत याद रहन्छ। म उसको कुना काप्चा मा प्रेमी हरु ले हात समाए झैं हिँड्थे जस्तै मन मा कुनै डर थियो यी हात छुट्ला भनेर, जस्तै लाग्थ्यो की यो साथ टूट्ला भनेर किनकि उसको साथ कहिले देखि थियो भन्न नसकिने गरेर पुरानो थियो, जब साथी भन्ने शब्दको अर्थ समेत थाहा थिएन, तब देखि काठमाडौ मेरो साथी थियो। चाहे दुःख होस् चाहे सुखमा । अरु कोही साथी भन्ने नहुँदा, म बसेको ठाउँ मा ऊ परेवा पठाउँथ्यो, अनि म हेर्थेँ ती साना तर कहिले नभरिने पेटमा दाना भरेको, ऊ हावालाई पठाउँथ्यो, सायद उसलाई मेरो कपाल उडेको हेर्न मन लाग्थ्यो। काठमाडौँ को मायालु धेरै थिए, छन् पनि, ऊ त सबैको पहिलो नजरको प्रेम तर मेरो लागि यसरी थियो की लाग्थ्यो ऊ मेर...